कीर्तिपुर रंगशालामा फोहोर उठाउने को हुन् ? (भिडियो)

Featured Video Play Icon

नेपालले एसीसी प्रिमियर कप जित्दै गर्दा मलाई चाहिँ अर्कै चिन्ता थियो । कीर्तिपुर रंगशालामा देखिएको यतिबिघ्न फोहोर कस्ले सफा गर्लान् ?

सामान किनेका छन्, लगेका छन्, खाएका छन्, फोहोर रंगशालाभरि फालेका छन् । सुनेको त हो, रंगशालामा फालिएका फोहोर उठाउँछन् रे । तर, गेम सकियो – दर्शकहरु भटाभट हिड्न थाले – रंगशालानै रित्तो हुन थालिसक्यो तर फोहोर उठाउने सुर कसैले गर्दैनन् त बा… । म फोहोर उठाउनेहरु खोज्दैछु – कस्ले रहेछ यहाँका फोहोर उठाउने ?

जबजब रंगशाला रित्तिन थाल्यो त्यसपछि देखिन थाले फोहोर उठाउनेहरु । मास्क लगाएका दुई जना महिला बोरा लिएर फोहोर उठाउन थाले । उनीहरुले उठाएकै देखेर अर्कोले केही सहयोग गर्न थाले, त्यसमा अर्को थपिए, एवम् रितले थपिदैथपिदै जाँदा छ्याप्छ्याप्ति भए फोहोर उठाउनेहरु ।

भटाभट सबैले फोहोर उठाउन थालेपछि रंगशालाको माहोल नै यस्तो बन्यो कि आफ्नो अगाडि भएको फोहोर नउठाउनेहरुलाई लाज लाग्ने अवस्था बन्यो । अनि त धेरै जना चाहेर/नचाहेर फोहोर उठाउन थाले । यी फोहोर उठाउनेहरु अरु कोही होइनन् – केवल क्रिकेटका दर्शक हुन् दर्शक – जो दर्शकहरु सँस्कारी थिए । पानीका बोटल, गुट्का र चुइगमका खोल, चुरोटका बट्टा, जंगफुडहरु, चिसो भुईंमा दर्शकले ओछ्याउन लगेका कार्टुन बक्सका टुक्रा आदिइत्यादिले कुरुप बनेको रंगशाला तिनै सँस्कारी दर्शकका कारण केही क्षणमै सफाचट् भयो ।

अब मलाई सानो कुरा भन्न मन लाग्यो – खासमा त जसले पानीका बोतलहरु प्रयोग गरे, जसले गुट्खा, चुरोट र चुइगमहरु खाए, जसले बस्नका लागि कार्टुन बक्सका टुक्राहरु बोकेर गए उनीहरुले नै आफूले खाएका वा प्रयोग गरेका फोहोरहरु आफैले व्यवस्थापन गरिदिनु पथ्र्यो । त्यसो गर्न सकेको भए क्या काइदा हुन्थ्यो – फोहोर नै हुँदैनथ्यो । खैर, त्यसो हुन सकेन तर यी सँस्कारी दर्शकहरुले जे काम गरे – उनीहरुलाई सलाम र बधाईं एसीसी प्रिमियर कपमा विजयी हुने सम्पूर्ण खेलाडीहरुलाई ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?