साझा कथा । सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा आयाजित एमडीआरटी मिट २०२३ धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रममा मनोनित सम्पुर्ण एमडीआरटीलाई सम्मान गरिएको थियो । साथै सीओटी हुन सफल गौरवकुमार शाही र टीओटी हुन सफल कमलप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो । घिमिरेले रोयल इन्फिल्ड मोटरसाईकल समेत पुरस्कार पाएका छन् । उनलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सो पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण पनि गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्विरहरु समावेश गरिएको छ । यस कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको सीओटी गौरवकुमार शाहीले जानकारी गराए । कार्यक्रममा टीओटी कमलप्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफू खटिने विश्वास दिलाए ।
कार्यक्रममा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा सफलता हासिल गर्न सकिने भन्दै एमडीआरटीहरुलाई हौसला प्रदान गरे । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए।
सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जरपश्चात बनेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चु्क्तापुँजी ४.५४ अर्ब रहेको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।