केयर टेकरको नाममा अष्ट्रेलियामा मान्छे ओसार्दै गायिका समीक्षा (भिडियो सहित)

Featured Video Play Icon

साझा कथा । विलक्षण प्रतिभाका कारण चर्चामा आएकी गायिका समीक्षा अधिकारी आफ्नै कर्तुतका कारण पुनः विवादमा तानिएकी छिन् ।

हिन्दू नारीहरुको महान् पर्व तीजको अवसरमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा जान लागेकी उनलाई नेपालस्थित अस्ट्रेलियन दूतावासले भिसा नदिएपछि उनको कर्तुत बाहिर आएको हो । समीक्षा अधिकारी यस अघि पनि कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया पुगेकी थिइन् । त्यतिखेर उनी १८ वर्ष नपुगेको भन्दै केयर टेकरको रुपमा आफ्नी दिदीलाई लिएर गएकी थिइन् । तर, कार्यक्रम सकेपश्चात आफू फर्किएर केयर टेकरको रुपमा गएकी दिदीलाई उनले उतै छाडेर आएकी थिइन् । अहिले पुनः अष्ट्रेलिया जानको लागि केयर टेकर चाहिने भन्दै अर्कै व्यक्तिलाई भिसा दिलाउन लागी परेका उनलाई दूतावासले केयर टेकरको मात्रै होइन कि उनकै भिसा समेत रद्ध गरिदिएको छ । यसअघि लागेको उनको भिसा सकिन एक वर्षको समयावधि बाँकी थियो ।

समीक्षाको यो कर्तुतले उनलाई अष्ट्रेलिया जान मात्रै रोक लागेन कि उनको सांगीतिक करियरमै अर्को दाग लागेको छ । पल शाह कान्डबाट विस्तारै उन्मुक्ति पाई सांगीतिक क्षेत्रमा चलायमान हुँदै गरेकी समीक्षालाई यो अर्को ठूलो झड्का हो । नेपाली कलाकारहरुले आफ्नो हैसियत कायम राख्न नसक्दा नेपाली कला क्षेत्र सधैंभरि यसरी नै बदनामी हुँदै आएको छ । जसमा समीक्षा अधिकारी अर्को पात्रको रुपमा देखा परिन् ।

सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि गायिका समीक्षा अधिकारीले भने आफ्नो फेसबुक पेज मार्फत समाचारको खण्डन गरेकी छिन् । समाचारप्रति आफू आश्चर्य चकित भएको भन्दै परिवारको सदस्यलाई जोडि तथ्यहिन समाचार नबनाइदिन उनले आग्रह गरेकी छिन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?