साझा मुक्का – भाग ४ (पूरा भिडियो)

Featured Video Play Icon

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् ।

‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते आइतबारदेखि हाँस्यव्यंग्य शृंखला ‘साझा मुक्का’ सुरु भएको छ र हरेक आइतबार साँझ ७ बजे साझा कथाका विभिन्न प्लेटफर्म वेभसाइट, युट्युब, फेसबुक, टिकटक लगायतका सञ्जालबाट हेर्न सकिने छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?